बङ्गलादेशी पर्यटकलाई नेपाल ल्याउन विशेष कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2023 | 07:21:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पर्यटकीय सम्भावना उजागर गरी बढीभन्दा बढी बङ्गलादेशी नागरिकलाई आकर्षण गर्ने उद्देश्यले बङ्गलादेशमा नेपाल प्रवद्र्धन गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरसँगको सहकार्यमा ‘क्रस बोर्डर टुरिजम विथ नेइबर’ नामक पर्यटन प्रवर्द्धनात्मक कार्यक्र गरेको हो ।

बङ्गलादेश टुरिज्म बोर्ड, बङ्गलादेश पर्यटन कर्पोरेशन र पर्यटनसँग सम्बन्धित सबै सङ्घसंस्थाको सहकार्यमा यही भदौ नौदेखि १३ सम्म बङ्गलादेशको राजधानी ढाका र कोक्स बजारमा पर्यटन प्रवर्द्धननात्मक कार्यक्रम आयोजना गरिएको पाटा नेपालले आज विज्ञप्तिमार्फत जनाएको छ ।

छिमेकी देशबीचको अन्तरदेशीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रममा  नेपाल, भारत र बङ्गलादेशका सार्वजनिक र निजी पर्यटन क्षेत्रका सरोकारवाला गरी करीब दुई सय ५० को सहभागिता थियो । उक्त कार्यक्रम पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष शाहिद हमिदको निमन्त्रणामा पाटा नेपाल च्याप्टरका अध्यक्ष विभुति चन्द ठाकुरको नेतृत्वमा १३ नेपाली पर्यटन प्रतिनिधि र भारतको सिलिगुरी अवस्थित हिमालयन हस्पिट्यालिटी एण्ड टुरिजम डेभलपमेन्ट नेटवर्क (एचएचटीडीएन)का महासचिव सम्राट सन्यालको नेतृत्वमा १६ जना भारतीय पर्यटन व्यवसायीले विदेशी प्रतिनिधिको रूपमा सहभागीता जनाएका थिए ।

यस पाँच दिने परिचयात्मक भ्रमण एवं पर्यटन ब्यापार आदानप्रदान कार्यक्रमको उद्घाटन बङ्गलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एवं महबुब अलीले गर्नुभएको थियो । कार्यक्रममा विदेशी प्रतिनिधिका लागि बङ्गलादेशको रमणीय एवं आकर्षक पर्यटकीय गन्तब्य तथा प्रोडक्टको परिचयात्मक भ्रमणसहित विदेशी प्रतिनिधि र स्थानीय पर्यटन उद्यमी तथा सरोकारवालाबीच बङ्गलादेशको ढाका र कक्स बजारमा बीटुबी आदानप्रदान सत्रसमेत आयोजना गरिएको थियो ।

क्रसबोर्डर तथा क्षेत्रीय पर्यटन प्रवर्द्धन गर्नका लागि आवश्यक यात्रा औपचारिकतालाई सरल बनाउनुपर्ने र अन्तरदेशीय पर्यटक प्रवर्द्धनका उपायहरुलाई आ–आफ्नो व्यवसायमा एकीकृत यात्रा प्याकेजको रुपमा प्रवर्द्धन गर्नेजस्ता अन्य महत्त्वपूर्ण विषयमा छलफल भएको गिथो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved