चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2023 | 09:12:04 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन  भ्रमणको क्रममा यसबारे सम्झौता भएको हो । 

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङद्वारा जारी संयुक्त बक्तब्यमा नेपालमा चिनियाँ पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्ष घोषणा गरिने उल्लेख छ। चीनले आयोजना गरेको सांस्कृतिक र पर्यटन आदानप्रदान गतिविधिमा सहभागी हुन र चीनमा पर्यटन प्रवर्द्धन कार्यक्रमहरू आयोजना गर्न चिनियाँ पक्षले विभिन्न तहमा नेपालको सांस्कृतिक तथा पर्यटन संस्थाहरूलाई सहयोग गर्न जारी राख्ने र थप चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने बक्तब्यमा उल्लेख छ।

 दुई देशका विभिन्न सहरहरूबीच भगिनी सहर सम्बन्ध स्थापना गर्न दुवै पक्ष जनताबीचको सम्पर्कलाई प्रवर्द्धन र प्रगाढ बनाउन दुवै पक्ष तत्पर रहेको पनि संयुक्त बक्तब्यमा उलेल्ख गरिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved