‘वाइल्ड स्टे विथ चौंरी’मा सहभागी हुन विजय लामा र निखिल उप्रेतीसहित २ सय जना शैलुङ जाँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2023 | 02:50:01 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङमा ‘स्पार्क कार’ ले आयोजना गर्न लागेको ‘वाइल्ड स्टे विथ चौंरी’मा क्याप्टेज बिजय लामा र कलाकार निखिल उप्रेती पनि सहभागी हुने भएका छन् । ‘वाइल्ड स्टे विथ चौंरी’मा पूराना लोक गायक प्रेमराजा महत र हाँस्यकलाकार सन्दीप क्षेत्री पनि सहभागी हुने आयोजकले जनाएको छ ।

पर्यटकीय सम्भावना बोकेर पनि प्रचारको अभावमा अपेक्षाकृत पर्यटकीय गतिविधि नहुने शैलुङको प्रवद्र्धनका लागि स्पार्क कारले शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम गर्न लागेको छ । कार्यक्रममा कलाकारसहित २ सय जना सहभागी हुने जनाइएको छ । 

कार्यक्रम संयोजक अमरदीप भट्टराईका अनुसार असोज ११ देखि १३ गतेसम्म स्पार्क एड्भेन्चर अन्तर्गत यो कार्यक्रम हुन लागेको हो । कलाकार गरिमा शर्मा, गायक यश कुमार, लेखक बुद्धिशागर, डा. रन्जित बराल, कमेडियन कैलाश कार्की, मोडल रीना थापा मगर, ट्राभलर सिर्जना सिज्जु पनि सहभागी हुनेछन् । असोज ११ गते बिहान काठमाडौँबाट टोली शैलुङ जानेछ ।

स्पार्क कारले गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर स्पार्क एड्भेन्चर सुरु गरेको थियो । शैलुङमा आयोजना हुन लागेको वाइल्ड स्टे विथ चौंरी कार्यक्रम स्पार्क एड्भेन्चरको दोस्रो संस्करण हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved