तारे होटलको स्तर वर्गिकरण मापदण्ड संशोधन गर्न होटल संघ नेपालको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2023 | 06:40:30 AM मा प्रकाशित

laxmi  sunrise bank


आज मिति २०८० असोज १५ गते होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेृतृत्वमा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङसँग भेट गर्यो ।

उक्त अवसरमा कोभिडकोपछिको पर्यटन आगमनमा केही वृद्धि देखिएको सन्दर्भमा पर्यटकहरुको नेपाल भ्रमण प्रतिको आकर्षण बढाउन र सीमानाका लगायत विमानस्थल अध्यागमनमा गरिनुपर्ने सुधार, सेवा प्रवाह, तालिमलगायतका विषयहरुमा गहन छलफल भयो । छलफल पश्चात प्रतिनिधिमण्डलले राखेका जिज्ञासा तथा सुझावहरुप्रति यसबारे महानिर्देशक तामाङले सकारात्मकता दर्शाउँदै संयुक्त पहल कदमीमार्फत अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

यसैगरी उक्त प्रतिनिधिमण्डलले पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बूढासँग भेटघाट गरी मुलुकमा आतिथ्यता क्षेत्रमा बढ्दो लगानीलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुको नेपाल बसाई सुखद, विश्वसनीय र सुरक्षित बनाउन संघबाट जिल्लामा अवस्थित होटल तथा रिसोर्टहरुका लागि तयार गरिएका न्यूनतम मापदण्डका साथै तारे होटलहरुको स्तर वर्गिकरण मापदण्ड २०७७ मा समेत केही संशोधन प्रस्तुत ग¥यो । महानिर्देशक बूढाले उक्त सुझावहरुलाई समय सापेक्ष बनाईने र निरन्तर संवाद र छलफलमार्फत व्यवसायिक माग सम्बोधन गर्न आवश्यक पहलकदमी हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभ्यो ।

उक्त प्रतिनिधिमण्डलमा संघका वरिष्ठ उपाध्यक्ष प्रविणबहादुर पाण्डे, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ तथा कार्यसमिति सदस्य अश्लेषा कार्कीले उपस्थिति जनाई आ–आफ्नो धारणा व्यक्त गरे ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved