२५ प्रतिशतले बढे नेपाल आउने पर्यटक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2019 | 02:06:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१८ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु संख्या हालसम्मकै उच्च देखिएको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार यसवर्ष ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल आएका छन् । यो संख्या सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतको बढी हो ।

यसवर्ष हवाईमार्ग हुँदै नौ लाख ६९ हजार २८७ र स्थलमार्ग (मोटरबाटो) बाट दुई लाख तीन हजार ७८५ पर्यटकहरु नेपाल भित्रिएका छन् । नेपालको प्रमुख पर्यटन बजार भारत र चीनबाट नेपाल आउने पर्यटकको संख्या धेरै छ ।

नेपाल आउने भारतीय पर्यटकहरु गत वर्षकोे तुलनामा २५.१ प्रतिशतले बढेका छन् । यसवर्ष भारतबाट मात्रै दुई लाख ४८३ पर्यटक नेपाल आए । चीनबाट एक लाख ५३ हजार ६०२ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या २०१७ को तुलनामा ४६.८ प्रतिशतको वृद्धि हो ।

श्रीलंकाबाट गतवर्षको तुलनामा ५५.७ प्रतिशत बृद्धि भएको छ । सार्क मुलुकहरुबाट मात्रै तीन लाख एक हजार ९६३ पर्यटक नेपाल आएका छन् । यो संख्या गतवर्षको तुलनामा २६.४ प्रतिशतले बढी हो । नेपाल आउने पर्यटक गतवर्षको तुलनामा थाइबाट ३६, दक्षिण कोरियाबाट ८.३ र जापानबाट ८.९ प्रतिशत बढेका छन् ।

बेलायतबाट ६३ हजार ८६, जर्मनीबाट ३६ हजार ८३३ र फ्रान्सबाट ३१ हजार ६५३ पर्यटक नेपाल आएका छन् ।

यसवर्षको चालु अविधसम्म अमेरिबाट ९१ हजार ७८५ पर्यटक नेपाल आएका छन् । जुन गत वर्षको तुलनामा १६ प्रतिशतले बृद्घि हो । तथ्यांकका अनुसार ३८ हजार ४०८ अस्ट्रेलियाली पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

सरोकारवालाले चालु वर्षको अहिलेसम्म आगमन भएको पर्यटकको संख्याका आधारमा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

यसवर्ष आन्तरिक रुपमा नेपालका विभिन्न ठाउँमा घुम्ने पर्यटक पनि बढेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved