पशुपतीमा भारतीयको ‘घिनलाग्दो’ गतिबिधिलाई सरकारी अधिकारीकै प्रोत्साहन

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 15, 2019 | 02:25:12 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन बर्ष २०२० मनाउने अभियानमा रहेको नेपाल सरकारले २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। सरकारको लक्ष्यलाई साथ दिने हेतुले बिजपाटी डटकमले पर्यटन क्षेत्रको अवस्था, अवसर र चुनौती लगायतका बिषयलाई समेटेर बिषयबस्तु सम्प्रेषण गरिरहेको छ।

नेपालमा भित्रिने पर्यटकबाट नेपालले जतिसक्दो धेरै आर्थिक लाभ लिनुपर्छ भन्ने आम बुझाई छ र हाम्रो बुझाई पनि त्यहि नै हो। सरकारले पर्यटकको टाउको गनेर त्यसलाई उपलब्धिको सूचक नबनाओस बरु थोरै पर्यटकबाट धेरै लाभ लियोस भन्ने आम चाहना पनि हो।

नेपाल आउने पर्यटकमा भारतीय पर्यटकको हिस्सा ठुलो छ। तर भारतीय पर्यटकबाट नेपालले कति लाभ उठाउन सकेको छ भन्ने बिषयबारे बिजपाटी डटकमले एक रिपोर्ट तयार गरेको थियो। जसमा पशुपतिनाथ क्षेत्रमा आउने भारतीय पर्यटकको गतिबिधि समावेश छ।

भारतीय पर्यटकबाट पशुपतिनाथ क्षेत्रको वाताबरण प्रदुषित भएको भन्ने आशयमा रिपोर्ट प्रकाशित भएको थियो। भारतीय पर्यटकबाट पशुपति क्षेत्र कसरि प्रदुषित हुँदैछ भन्नेबारे सम्बन्धित निकायलाई थाहा होस भन्ने उदेश्यले उक्त रिपोर्ट तयार पारिएको हो।

उक्त रिपोर्ट पढेर सम्बन्धित निकायले केहि सुधार गर्छ भन्ने आशामाथि पर्यटन बोर्डका एक उच्च कर्मचारीको भनाईले आहत बनाएको छ। पर्यटन  बोर्डका अधिकारी ‘शरद प्रधान’ले ‘नेपाली पनि भारतमा गएर यसरी नै बसेका छन्’ भनेर टिप्पणी गर्दै पशुपति क्षेत्रको बेतिथीलाई सामान्य रुपमा लिएका छन।

शरद प्रधानले फेसबुक पेजमा राखिएको समाचारमा गरेको टिप्पणीः


पर्यटन बर्ष २०२० लाई सफल बनाउन प्रमुख भूमिका निभाउने संस्था पर्यटन बोर्डकै अधिकारिबाट यस्तो भनाई आउँदा अन्य निकायले के सोच्ने के गर्ने ? आफैंमा ठुलो प्रश्न हो। यस्तो समाचार सम्प्रेषण गरेर सचेत गराउने मिडियालाई धन्यबाद दिएर पशुपति क्षेत्र सुधारमा लाग्नुपर्नेमा बिषयलाई बोर्डका उच्च अधिकारीले सामान्य लिनु सोभनीय नभएको पर्यटन क्षेत्र समबद्द अन्य निकायका अधिकारिहरुको भनाई छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved