साहसिक पर्यटनबाट ‘करोडौँ राजश्व’, धार्मीकबाट ‘फोहोरको डङ्गुर’

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 16, 2019 | 12:02:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्राकृतिक पर्यटनको एक अनुपम स्थल हो । प्रकृतिले अनेकौ उपहारहरु नेपालमा खन्याएको छ । यसले यहाँको पर्यटकीय गतिविधमा बढवा दिएको मात्रै छैन, विदेशी मुद्रा आर्जनमा ठूलो योगदान दिएको छ । यसका अलवा धार्मीक पर्यटनको पनि उत्तिक्कै सम्भावना रहेको नेपामा छ । तर आर्थिक उपार्जनका लागी धार्मीक पर्यटनको तुलनामा प्राकृतिक र साहसिक पर्यटनको योगदान निकै माथि छ ।

आठ हजार मिटरभन्न्दा अग्ला १४ हिमाल नेपालमा छन् । पर्यटन विभागले गतवर्ष ६ वटा हिमाल थप गरी आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या नेपालमै १४ पुर्याएको हो । यसअघि संसारमा आठ हजार मिटर अग्ला हिमालको संख्या १४ भनिदै आईएको थियो ।

थपिएका आठ हजारभन्दा अग्ला हिमालमा सोलुखुम्बुको ल्होत्सेसार (८४०४ मिटर), ताप्लेजुङको यालुङ काङ (८५०५ मिटर), कञ्चनजंघा साउथ (८४७६ मिटर), कन्चनजंगा सेन्ट्रल (८४७३ मिटर), ल्होत्से मिडिल (८४१० मिटर) र यालुङ काङ बेस्ट (८०७७ मिटर) छन् । यसअघिसम्म सगरमाथा (८८४८ मिटर), कञ्चनजंघा (८५८६ मिटर), ल्होत्से (८५१६ मिटर), मकालु (८४६३ मिटर), छ्यो यु (८२०१ मिटर), धौलागिरि प्रथम (८१६७ मिटर), मनास्लु (८१५६ मिटर), अन्नपूर्ण प्रथम (८०९१ मिटर) मात्रै थिए । यी हिमाललाई विदेशीहरु ‘हीरा’को संज्ञा दिन्छन् ।

०७१ वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी पाँच हजार आड सय मिटरभन्दा होचा हिमाल आरोहण गर्दा अनुमति लिनु नपर्ने व्यवस्था गरेको छ । हालसम्म चार सय १४ वटा हिमाललाई आरोहणका लागि खुला गरेको छ । ९२ वटा हिमाल आरोहण हुन सकेका छैनन् ।

हिमाल चढ्न १ सय ७३ वटा रुट पर्मिट जारी गरिएका छन् । पर्यटकले आफूलाई सहज लागेको रुटबाट हिमाल चढ्ने गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगतको पर्यटन विभागले मौसम अनुसार ऋतु अनुसार आरोहणको रोयल्टी फरक फरक तिर्नुपर्छ ।

बसन्त ऋतुमा ७५ हजार नेपाली रुपैयाँ रोयल्टी वापत तिर्नुपर्छ । सरद ऋतुमा ३७ हजार ५ सय मात्रै तिरे पुग्छ । जाडो याममा हिमाल चढ्नेले १८ हजार २ सय ५० रुपैयाँ मात्रै तिरे पुग्छ ।

पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले दिएको जानकारी अनुसार चालु वर्षको एक सिजनमा मात्रै एक हजार ३५८ जनाले हिमाल आरोहण गरेका छन् । यसवापत ५ करोड ३३ लाख ३६ हजार राजश्व संकलन भएको छ ।

यसबाट नै साहसिक पर्यटन गतिविधिबाट देशले आर्जन गर्ने आम्दानी र धार्मीक पर्यटनबाट हुने आम्दानीको अनुपात आकाश पातालको फरक छ भन्ने देखाउँछ । धार्मीक गतिविधिका लागी पर्यटकबाट फोहोरको डङ्गुरमा तीर्थस्थलमा चढाउने दुई÷चार रुपैयाँ बाहेक आम्दानी हुँदैन । उनीहरु आफै उतैबाट सामान बोकर ल्याउँछन् र यहाँ पकाएर खान्छन् । धार्मीक पर्यटकबाट भएको आम्दानीको यथार्थ दस्तावेज कतै छैन ।

पर्यटन क्षेत्रका जानकारहरु सरकारले धार्मीक गतिविधिलाई पनि व्यवसायीक बनाउनुपर्छ भन्ने नसोचेको आरोप लगाउँछन् । हाम्रा तीर्थस्थलहरुलाई धार्मीकसँगै व्यवसायीक बनाउने भिजन नभएको कारण धार्मीक पर्यटनबाट यथेष्ट लाभ लिन नसकिएको उनीहरुको भनाई छ ।

विभागको तथ्यांकअनुसार २०१६ सम्ममा अग्ला हिमालमध्ये सबैभन्दा धेरै आरोहण गरिनेमा सगरमाथामा परेको छ । सगरमाथा हिमाल चार हजार ८७९ जनाले आरोहण गरेका छन् । त्यसपछि मनास्लु हिमाल एक हजार ३५९, ल्होत्से ५५९, धौलागिरि प्रथम ४७८, मकालु ४७४, कञ्चनजंघा ३४४, अन्नपूर्ण प्रथम २६७, यालुङ काङ ५३ र छ्यो यू हिमाल १४ जनाले आरोहण गरिसकेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved