मौलाकाली केवलकारको इभिनिङ अफर, आधा सस्तो टिकट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2023 | 10:05:24 AM मा प्रकाशित

laxmi  sunrise bank

मौलाकाली केवलकारले टिकटमा ५० प्रतिशत छुट सहित ‘इभिनिङ अफर’ ल्याएको छ । साउन देखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत प्रत्येक बुधबार दिउँसो २ बजेपछि केवलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए । हाल केवलकारको दुइतर्फी साधारण टिकट शुल्क ५५० रुपैयाँ कायम छ । यस अफर अन्तर्गत अब यात्रुहरुले २७५ रुपैयाँमै दुइतर्फी यात्रा गर्न पाउनेछन् । यो अफरले दर्शनार्थीहरुलाई दिउँसो पनि मन्दिर जान प्रेरित गर्ने विश्वास लिइएको छ । यसबाट मौलाकालिका मन्दिर जाने दर्शनार्थीको संख्या पनि बढ्ने अपेक्षा गरिएको छ । 

मौलाकालिका मन्दिरमा यसअघिका वर्षहरुको तुलनामा यो सिजनमा भक्तजनको संख्यामा उल्लेख्य वृद्धि आएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार मौलाकाली केवलकार सञ्चालनमा आएपछि मन्दिरमा पुजाआजा गर्न आउने भक्तजनको संख्या करिक २५ प्रतिशतले बढेको छ ।

धार्मिक तथा ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वैशाख १ गतेदेखि संचालनमा आएको मौलाकाली केवलकारले बिदाका दिन बाहेक बिहान ६ बजेदेखि भक्तजनहरुलाई सेवा दिंदै आएको छ । शनिबार र अन्य बिदाका दिनमा बिहान ५ः३० देखि केवलकार संचालन हुने गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved