धुलिखेल जीपलाइनले ल्यायो विन्टर अफर, सबैखाले खेलमा २० प्रतिशत छुट पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2023 | 04:34:05 PM मा प्रकाशित

laxmi  sunrise bank

धुलिखेल जिपलाइनले 'विन्टर अफर' सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत सबैखाले जिपलाइन खेल्दा २० प्रतिशत छुट पाइने भएको छ ।

क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइन वल्र्ड–वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालनमा ल्याएको ४ वर्ष भएको छ । सुपरम्यान र टेण्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको थियो ।

यस विन्टर अफर अन्तर्गत क्लासिक जिपलाइन २५ सय रुपैयाँ रहेकोमा छुटपछि जम्मा २ हजार रुपैयाँमा खेल्न सकिने कम्पनीले जनाएको छ ।  त्यस्तै, सुपरम्यान ३५ सय रुपैयाँ रहेकोमा छुटपछि जम्मा २८ सय रुपैयाँमा खेल्न पाइनेछ । टेन्डम (जोडी) खेल्दा ४ हजार ५ सय रहेकोमा छुटपछि जम्मा ३६ सय रुपैयाँमा जीपलाइनको मज्जा लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

यो अफर डिसेम्बर २८ सम्म उपलब्ध रहेको सञ्चालकले जानकारी दिए । धुलिखेल नगरपालिकाको थाक्लेदेखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ । जिपलाइन औसत ७५ किमि प्रतिघण्टाको गतिमा हुत्तिने बताइन्छ ।

करिब ३०० मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी, जङ्गलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिने दाबी जिपलाइन सञ्चालकको छ ।

सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले धुलिखेल जिपलाइन सुरू गरेका हुन् । युरोपियन र अमेरिकी सुरक्षा मापदण्डमा आधारित भएर निर्माण गरिएको र सुरक्षामा कुनै कसर बाँकी नराख्ने भएकाले ढुक्कसँग जिपलाइनको मज्जा लिन सकिने सञ्चालक बताउँछन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved