१६ वटा तारेसहित ७८ होटल क्वारेन्टिनका लागि तोकिए (नामसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2021 | 03:00:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सिमित देशका लागि अन्तराष्ट्रिय हवाई उडान खुलेसँगै क्वारेन्टिनको लागि हेटल पनि तोकिएका छन् । पर्यटन विभागले ७ वटा पाँचतारे सहित ७८ वटा होटललाई होटल क्वारेन्टिन बनाईएको भन्दै सूची सार्वजनिक गरेको छ ।

कम्तीमा २० वटा कोठा भएको होटललाई क्वारेन्टिनका रुपमा तोकिएको हो । 

वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किदा ५ दिन र नेपाल आउने विदेशी नागरिक १० दिन होटल बुकिङको प्रमाण देखाएपछि मात्र नेपाल आउन पाउने छन् ।

नेपालले पहिलो चरणमा टर्की, कतार, चीन र भारतमा नियमित हवाई उडान खोलेको छ । भारतमा हप्तामा १ उडान भने हुँदै आएको थियो ।

कुन–कुन हुन् क्वारेन्टिन होटल ?

काठमाडौंका होटल र्‍याडिसन, होटल याक एण्ड यती, सांग्रिला, हायात, सोल्टी, अलफ्ट होटल र एभरेष्ट होटल गरी ७ वटा पाँचतारे होटललाई क्वारेन्टिन तोकिएको छ । चारतारे स्तरका होटल शंकर र होटल हिमालय, तीनतारे स्तरका समिट होटल, होटल प्लाटिनम, अमादब्लम होटल, ले हिमालय, साम्बाला होटल, होटल ट्रेडिसनल कम्फर्ट र होटल ल्याण्डमार्कमा पनि क्वारेन्टिका लागि तोकिएका छन् । 

पर्यटनस्तरका ५१ होटल र पार्क भिलेज रिसोर्ट र गोकर्ण फरेष्ट रिसोर्ट पनि क्वारेन्टिन सूचीमा समावेश छन् । 

तारे होटलले आफैं शुल्क तोक्ने, अरुको हकमा भने दैनिक ३ हजारसम्म लिन पाउने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved