नयाँ वर्षमा पर्यटकीय क्षेत्रका होटलहरु भरिभराउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2024 | 03:46:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ वर्ष २०८१ को अवसरमा नेपाल घुम्न आउने विदेशी पर्यटक र आन्तरिक घुमन्तेहरुले पर्यटकीय क्षेत्रहरु भरिभराउ भएका छन् । काठमाडौँ  नजिकका गन्तव्यसहित पोखरा र चितवनका होटलहरु शत् प्रतिशत हाराहारीमै बुकिङ भएका छन् । उपत्यका नजिकका चन्द्रागिरि, नगरकोट आसपासका होटल पनि पूर्ण रुपमा बुक भएका छन् । 

उपत्यका नजिकका गन्तव्यमा रहेका होटलहरुमा बाह्य भन्दा पनि आन्तरिक पर्यटकले नै बढी बुकिङ गरेका छन् । नयाँ वर्षमा आन्तरिक पर्यटकहरु घुमफिरमा निस्कने भएकाले होटल तथा रिसोर्टहरु भरिभराउ देखिएका हुन् । 

चन्द्रागिरि हिल्स रिसोर्टले आफ्नो आधिकारिक फेसबुक पेजमा रिसोर्ट सोल्ड आउट भएको उल्लेख गरिएको छ । घुमफिरका लागि निस्कनेले दोलखाको कालिञ्चोक क्षेत्रका होटलसहित चरिकोट बजारका होटल पनि राम्रो बुकिङ भएका छन् । 

धुलिखेलमा पनि बुकिङ ठिकै रहेको व्यवसायीहरु बताउँछन् । गत वर्षहरुमा भन्दा यसवर्ष धुलिखेलका होटलको बुकिङ राम्रो रहेको व्यवसायीहरुको भनाइ छ । 

होटल व्यवसायीले पनि पर्यटकलाई आकर्षित गर्न नयाँ वर्षको अवसरमा विभिन्न अफरसहितका प्याकेज सार्वजनिक गरेका छन् । साथै, नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरामा फेवा महोत्सव आयोजना भएको छ भने दोलखाको जिरीमा जिरी महोत्सव चलिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved