फास्टफुड र रेष्टुरेन्ट व्यवसाय पूर्ण रुपमा सञ्चालनको माग गर्दै व्यवसायीहरु प्रशासनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2021 | 04:17:00 PM मा प्रकाशित

laxmi  sunrise bank

फास्टफुड एसोसियसन नेपालले फास्टफुड, रेस्टुरेन्ट र पार्टी प्यालेस पूर्ण रुपमा खोल्न दिन माग गरेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु समक्ष एसोसियसनले आफूहरु सबै खाले स्वास्थ्य मापदण्ड पालना गर्न तयार रहेको भन्दै फास्टफुड, रेस्टुरेन्ट र पार्टी प्यालेस पूर्ण रुपमा सञ्चालन गर्न माग गरेको हो ।

फास्टफुड, रेस्टुरेन्ट र पार्टी प्यालेस बिहान ९ बजदेखि बेलुका ९ बजेसम्म खोल्न दिन, टेवल सर्भिसको वातावरण बनाउन उपत्यकाका सीडीओहरुलाई ध्यानाकर्षण गराईएको एसोसियसनका केन्द्रीय सदस्य राकेश श्रेष्ठले जानकारी दिए । 

‘कि पुर्ण लकडाउन गर्नुपर्यो, कि कुनै क्षेत्र खुलाउने, कुनै नखुलाउने विभेदपूर्ण निर्णय स्वीकार्य छैन भनेर हामीले ध्यानाकर्षण गरायौँ’ श्रेष्ठले भने, ‘श्रमिक, मजदुरको समस्या, घरभाडाको समस्या र बैंक तथा सहकारीबाट महँगो ब्याजमा ऋण लिएर गरिएको व्यवसायमा लगानीको जोखिमबारे पनि जानकारी गराएका छौँ, यदि राज्यबाट सहजिकरण नभए व्यवसाय बन्द गरेर साँचो बुझाउन बाध्य हुने कुरा पनि राखेका छौँ ।’

उनले यदि व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको खण्डमा व्यवसायीसहित मजदुरको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने बताए । 

जवाफमा प्रशासनले चाँडै फास्टफुड, रेस्टुरेन्ट र पार्टी प्यालेस पूर्ण रुपमा सञ्चालनको व्यवस्था गर्ने आश्वासन पाएको श्रेष्ठको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved