अलफ्टको फुड फेस्टिभल ‘फ्लेभर्स अफ कस्मिर’ सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2021 | 05:48:01 PM मा प्रकाशित

laxmi  sunrise bank

अलफ्ट काठमाडौंले जाडो मौसमलाई ध्यानमा राख्दै ‘फ्लेभर्स अफ कस्मिर’ (कस्मिरको स्वाद) फुड फेस्टिभल सम्पन्न गरेको छ । 

भारतिय चर्चित सेफ एवम् कस्मिरी खानाका गुडवील एम्बेस्डर सन्जे राइना र अलफ्टको कार्यकारी सेफ राजिभ श्रेष्ठले तयार गरेको मेनुलाई प्रस्तुत गर्दै फुड फेस्टिभल गरिएको होटलका महाप्रबन्धक विक्रम सिंहले बताए ।

फेस्टिभलको अवधिभर कास्मिरको विभिन्न परिकारहरू केही पुरानो शैली र नयाँ प्रस्तुतीको मिश्रण सहित उपलब्ध थिए । शाकाहारी स्टार्टरबाट सुरु भई मेन कोर्स र डिजर्ट कस्मिरी स्वादमा उपलब्ध भएको फेस्टिभल अलफ्ट अल–डे डाइनिङ ‘नुक’मा सन्चालन भएको थियो । 

ुविश्वका विभिन्न फुड फेस्टिभल लगायत ठूला ठूला राज्य सभाहरूको लागि मेनु तयार गर्नको लागि सेफ राइना चर्चित छन् । उनैको यो अनुभवलाई लिएर काठमाडौंमा गरिने फ्लेभर्स अफ कस्मिर आयोजना गरिएको थियो । 

दस दिन सम्म चलेर आइतबार साँझ सम्पन फेस्टिभलको उद्घाटन नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved