हानकी अध्यक्ष राणाले पर्यटन मन्त्रीलाई भनिन्, ‘याक एण्ड यति बन्द गर्ने निर्णय ठिक भएन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2022 | 05:57:20 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपाल (हान) की अध्यक्ष सृजना राणाले पाँच तारे होटल याक एण्ड यति बन्द गर्ने पर्यटन मन्त्रीको निर्णय गलत भएको बताएकी छिन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेरै हानकी अध्यक्ष राणाले होटल याक एण्ड यतिको इजाजत खारेजीको विषयमा गम्भीर ध्यानाकर्षण गराएकी हुन् । उनले यसबाट श्रमिक तथा कर्मचारीहरुको पारिश्रमिक तथा करार अन्तर्गत अग्रिम बुकिङ गरिएको सेवा सुविधा उपलब्ध गराउन समस्या पर्ने जानकारी गराईन् । 

एकातिर कोभिडको महामारीले पर्यटन व्यवसाय धरासायी भएको अवस्थामा पर्यटन व्यवसायमा देखिएका यस्ता समस्याले नेपालमा पर्यटन क्षेत्रमा लगानीको वातावरणका विषयमा नकारात्मक सन्देश जाने भन्दै अध्यक्ष राणाले होटल सञ्चालनको निरन्तरताको माग गरेकी छिन् । 

उनले नियम पालना गराउने मामलामा हानको सहयोग रहने तर, होटलले राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीमा पु¥याएको योगदान कदर गर्दै होटल जस्तो ठूलो लगानी भएको प्रतिष्ठानहरुले अर्थतन्त्रलाई पु¥याएको योगदानको कदर हुनुपर्ने माग गरिन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved