पर्यटक बोलाउन होटल व्यवसायीहरु बंगलादेश हिडे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 07:35:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पर्यटन प्रचारका लागि होटल व्यवसायीहरु बंगलादेश प्रस्थान गरेका छन् । नेपालको प्रचार गर्न होटल व्यवसायीहरुको टोली बंगलादेशको ढाका प्रस्थान गरेको हो । 

होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय होटल व्यवसायीको टोली ढाका तर्फ प्रस्थान गरेको हो । हानले नेपाल पर्यटन बोर्ड र बंगलादेशस्थित नेपाली दूतावाससँगको सहकार्यमा ढाकामा कार्यक्रम आयोजना गर्नेछ । 

कार्यक्रममा बंगलादेशका पर्यटन व्यवसायी, टुर अपरेटर तथा बंगलादेशी सरकारी अधिकारीसहित बंगलादेशका लागि नेपाली राजदूत र पत्रकार उपस्थित हुने छन् । 

हान र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनबीच दुई देशबीच पर्यटन प्रवर्द्धन तथा होटल तालिमका सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षरसमेत हुने कार्यक्रम छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved