टाइगर प्यालेसमा आउने भयो दक्षिण एशियाकै ठूलो ‘क्यासिनो भेगास’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 03:36:51 PM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवास्थित टागर प्यालेस रिसोर्टमा दक्षिण एसियाकै ठूलो क्यासिनो सञ्चालनमा आउने भएको छ । टाइगर प्यालेसमा ‘क्यासिनो भेगास’ सञ्चालनमा आउन लागेको हो ।

झापाको पाँचतारे होटल मेची क्राउनमा क्यासिनो सञ्चालन गर्दै भेगासले पाँचतारे टाइगर प्यालेस रिसोर्टमा पनि क्यासिनो सञ्चालन गर्न लागेको हो । नेपालमा २२ वर्षदेखि क्यासिनो व्यवस्थापन गर्दै आएका रवि धितालले एकल स्वामित्वमा टाइगर प्यालेसमा ‘क्यासिनो भेगास’ सञ्चालन गर्न लागेका हुन्। 

धितालसँग एभरेष्ट र याक एन्ड यती होटलमा क्यासिनो व्यवस्थापन गरेको अनुभव छ । उनले आफ्नै लगानीमा मेची क्राउन हाल क्यासिनो व्यवस्थापन गर्दै आएका छन् । अब धितालले टाइगर प्यालेसमा पनि क्यासिनो सञ्चालन गर्न लागेका हुन्। 

चैत १६ गतेदेखि टाइगर प्यालेसमा क्यासिनो सञ्चालनमा आउने छ । क्यासिनो दक्षिण एशियाकै ठूलो हुने जनाइएको छ । यसमा एकैपटक १ हजार ५ सय जनाले खेल्न सक्नेछन् । क्यासिनोको क्षेत्रफल ४२ हजार स्क्वायर फिट छ ।

उक्त रिसोर्टको लगानीकर्ता सिल्भर हेरिटेजले गत साउनमा आफ्नो सबै स्वामित्व गैरआवासीय नेपालीहरुको कम्पनी हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकलाई बेचेर बाहिरिएको थियो । अहिले उक्त रिसोर्टमा नयाँ समूह आएसँगै पुरानो क्यासिनोको बक्यौता बापतको ५१ करोड रुपैयाँ तिरेर क्यासिनोको लाइसेन्स नवीकरण गरेको थियो। 

रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटिहवास्थित १७ बिघा क्षेत्रफलमा फैलिएको टाइगर प्यालेस रिसोर्टमा १०५  कोठा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved