इसेवाद्वारा दशैँ, तिहार उपहार योजनाका बिजेता घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2020 | 02:26:53 PM मा प्रकाशित

laxmi  sunrise bank

इसेवा Esewa ले दशैँ, तिहार र छठलाई लक्षित गर्दै सार्वजनिजक गरेको उपहार योजनाको बिजेता घोषणा गरेको छ । कम्पनीले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका बिजेता बुधबार घोषणा घोषणा गरेको हो ।

उपहार योजना अन्र्तगत बम्पर उपहारमा प्युठान रानीकमला धर्मावतीका मनोज केसीले टिभिएस अपाची आरटिआर मोटरसाइकल जित्न सफल भएका छन् । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि गोलाप्रथाबाट बिजेता सार्वजनिक गरिएको हो । 

बुधबार नै अन्य १३ जनाले पनि दराज, मिसिओ, मिनिसो, एसिडिसीका तर्फबाट विभिन्न आकर्षक पुरस्कार जित्न सफल भए । मंसिर ५ गतेसम्म सञ्चालित यस योजनामा साप्ताहिक रुपमा सयौँ जनाले आकर्षक पुरस्कार जित्न सफल भएका थिए । सम्पूर्ण विजेताहरुको विवरण ब्लग डट इसेवा डटकम डट एनपी र इसेवाको फेसबुक पेजमा सार्वजनिक गरीएको कम्पनीले जनाएको छ । 

उपहार योजनामा कम्पनीले मिसिओ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी,भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको थियो । 

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved