नागरिक एप मार्फत बिना कर्मचारी ३२५ जनाले लिए प्यान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 07:05:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ल्याएको नागरिक एप मार्फत शनिबार सार्वजनिक बिदाको दिनमा पनि सेवाग्राहीले प्यान नम्बर लिएका छन्  । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बिना कर्मचारी ३२५ जनाले प्यान नम्बर प्राप्त गरेको जनाएका हुन्।

उनले यसरि कार्यालय अवधि र कर्मचारीको उपस्थिति बिना नै सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित हुनु हाम्रो सन्दर्भमा युगान्तकारी रूपान्तरण भएको बताएका छन् । नागरिक एप मार्फत सेवामा आम जनताको सिधा पहुँच थप विस्तार गर्दै लगिने उनले बताए ।

उनले नागरिक एप मार्फत घरमै बसीबसी सेवा लिने प्रक्रियामा आवद्ध हुन समेत आव्हान गरेका छन्। आइतवार दिउँसोसम्ममा डेढ लाख बढीले यो एप डाउनलोड गरेका छन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved