मोरङ बिराटचोकमा खानेपानीको रकम भुक्तानी अब आइएमई पे बाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2021 | 02:40:10 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र मोरङ बिराटचोकस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितीवीच सम्झौता भएको छ । सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले अब खानेपानीको महसुल आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्नेछन् । 

सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका संचालक सुजता चौलागाईंले हस्ताक्षर गरेका थिए । उक्त हस्ताक्षरबाट ६ हजार बढी घरधुरीले अब आइएमई पे मार्फत खानेपानीको बिल भुक्तानी गर्न सक्नेछन् । 

आइएमई पे नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति पाउँने पहिलाे वालेट कम्पनि हाे । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved