३ महिनाभित्र सबै नेपालीलाई कोरोना विरुद्दको खोपः प्रधानमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 11:15:54 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ महिनाभित्र सबै नेपालीलाई कोरोना विरुद्दको खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । कोभिडविरुद्धको खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भारतसँग खोप खरिदको कुराकानी भइरहेकाले ३ महिनाभित्र सबै नेपालीले कोभिड विरुद्दको खोप पाउने बताएका हुन् । 

‘मलाई लाग्छ तीन महिनासम्ममा सबै नेपालीलाई खोप उपलब्ध गराउन सकिन्छ,’ प्रधानमन्त्रीले भने, ‘हामी भारतसँग थप खोप खरिदका लागि कुराकानी गरिरहेका छौं ।’

मास्कको प्रयोग, सामाजिक दूरी कायम, सरसफाइ जस्ता कुराहरुबाट अब विश्व खोपको चरणमा प्रवेशको गरेको भन्दै प्रधानमन्त्रीले खोप आयो भन्दैमा यसअघि अपनाईएका सुरक्षाका मापदण्डहरु जारी राख्नुपर्ने बताए । 

‘हामी खोपमा मात्रै भर पर्ने होइन । यो शतप्रतिशत विश्वसनीय नहुन सक्छ । हामीले कोभिडविरुद्धको लडाईमा अपनाएका अरु पक्षहरुमा किञ्चित लापरवाही गर्नुहुन्न । अहिलेका मापदण्डहरुलाई जारी राख्नुपर्छ’ प्रधानमन्त्रीले भने । 

प्रधानमन्त्री थप्छन्, ‘अब कोभिड १९ अब त्यसैगरी फैलिइरहन सक्दैन । हामी सरसफाइ, खानपिन, मास्कमा सजक भएका छौं । त्यसैले आज मान्छे हिजोभन्दा बढि सतर्क छन् । त्यसैले अब कोभिड अस्पतालमा धेरै ध्यान दिइराख्नु पर्दैन ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved