सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 03:58:04 PM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना न्यूनिकरण गर्न सडकमा टल्कने ट्राफिक कोनहरु राखेको छ । महाशाखाले सडक विभाग, स्थानिय निकाय तथा विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी महाशाखाले काठमाडौ उपत्यको चक्रपथ तथा चक्रपथ बाहिर २६ स्थान र चक्रपथ भित्र ८ स्थान गरि बढीदुर्घटना हुने ३३ स्थानहरु समेत पहिचान गर्दै टल्कने ट्राफिक कोनहरु राखेको हो

बढि दुर्घटना हुने स्थानहरुका सडकमा बिशेषगरी रातको समयमा सडक बत्ती नहुँदा अध्याँरोको कारण जेब्राक्रसिङ्ग तथा जथाभावी बाटो काट्ने पैदलयात्री र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहेको पाईएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले तीब्र गतिका कारण हुने दुर्घटना न्युनिकरण गर्न बढि दुर्घटना जोखिम रहेको स्थानहरुमा रातको समयमा टल्किने ट्राफिक कोनद्वारा स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको जानकारी दि । यस्ता कोनहरू उपत्यकाको विभिन्न सडक खण्डमा ४३० थान राखिएको

एयरपोर्ट नयाँ गेट, कार्गो, तिलगंगा, बालकुमारी, भाटभटेनी ओरालो, बल्खु चोक, सिता पम्प, खसिबजार, सितापाईला उकालो, वाफल, सानो भर्‍याङ, वनस्थली, बबरमहल लगायतका सडक खण्डमा ट्राफिक कोनहरू राखिएको र यसलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

यस अघि पनि महाशाखाले ललितपुर महानगरपालिकासँग समन्वय गरी पौष १३ गते बालकुमारी देखी सानेपासम्मका बिभिन्न १३ स्थानमा २०० थान Soft PVC Traffic Cone राखेको थियो महाशाखाले त्यस क्षेत्रमा भएका सवारी दुर्घटनाको बिश्लेषण गरी दुर्घटनामा उल्लेख्य कमी आएको जनाउदै यस प्रकारको अपरेसनल कार्यलाई थप निरन्तरता दिदै अन्य दुर्घटना सम्भाबित सडकहरुमा समेत राख्दै जाने योजना रहेको बताएको

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved