‘फ्युचर अफ एसिया’ सम्मेलनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 06:50:14 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एसियाको भविष्य’ विषयक सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । जापानको प्रतिष्ठित मिडिया हाउस निक्केइ इन्कर्पोरेसनले आयोजना गर्ने सम्मेलनको ‘फिउचर अफ एसिया’ सत्रलाई प्रधानमन्त्री ओली भर्चुअलमार्फत सम्बोधन गर्ने भएका हुन् ।

उक्त सत्रलाई नेपालका प्रधानमन्त्री ओलीसहित पाकिस्तानी प्रधानमन्त्री इमरान खान, मलेसियाका प्रधानमन्त्री महाथिर बिन मोहम्मद, थाइल्यान्डका प्रधानमन्त्री प्रत्युत चान चाले पनि सम्बोधन गर्ने छन् । 

भारतीय विदेशमन्त्री एस जयशंकर र सिंगापुरका उपप्रधानमन्त्री हेङ स्वी किटसहित अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलका एसिया मामिला हेर्ने पूर्व बरिष्ठ निर्देशक इभान मेडेइरोस पनि यो सत्रको वक्ताका रुपमा निम्त्याईएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved