शैक्षिक प्रमाण पत्र किर्ते गर्ने सात जना डाक्टर पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 04:29:19 PM मा प्रकाशित

laxmi  sunrise bank

शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सात जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्चले विशेष सूचनाको आधारमा अनुसन्धान गर्दा किर्ते मार्कसिट बनाएको फेला परेको हो । 

अनुसन्धानमा बंगलादेशमा एम.बि.बि.एस. अध्ययन गर्न जानको निमित्त एस.एल.सि.को मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङक लगायतका विवरणहरु सच्याई, थपघट गरी किर्ते मार्कसिट बनाएको पाइएको छ । साथै सोही मार्कसिटहरुको आधारमा बंगलादेशमा एम.बि.बि.एस अध्ययनको लागि नेपाल मेडिकल काउन्सिल बाँसवारीबाट स्विकृती लिएको देखिएको छ । 

पक्राउ पर्नेमा सप्तरी जिल्ला बिष्णुपुर गा.पा. वडा नं. २ घर भई हाल मोरङ जिल्ला विराटनगर म.न.पा वडा नं. ५ संझनाचोक बस्ने २८ वर्षीय मोहमद सिद्दिक,  महोत्तरी जिल्ला, सरपल्लो वडा नं ६ घर भई हाल जनकपुर उप.म.न.पा वडा नं. ७, जिरोमाईल बस्ने २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा जिल्ला, सवैला न.पा. वडा नं. ५ घर भई हाल ललितपुर जिल्ला, म.न.पा. वडा नं. २ महालक्ष्मीथान बस्ने २८ वर्षीय मोहम्मद शाहिद राजा, जिल्ला मनाङ साविक चामे गा.वि.स. वडा नं. ५ बस्ने ३१ वर्षीय दिपेन्द्र गौतम, जिल्ला सप्तरी, सकरपुरा वडा नं १ घर भई हाल जिल्ला मोरङ म.न.पा. वडा नं. ३ बरगाछी बस्ने ३१ वर्षीय अखिलेश कुमार देव, जिल्ला महोत्तरी, मनरा वडा नं ५ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं. २ आदर्श बस्ती बस्ने २७ वर्षीय पल्लवी सिंह र जिल्ला ललितपुर, ललितपुर म.न.पा.२ सानेपा बस्ने २९ वर्षीय फराज हुसेन खाँ हुन् । 

आफ्नो व्यक्तिगत लाभको लागि नेपाल सरकारबाट जारी गरिने एस.एल.सि.को मार्कसिट किर्ते गरी लिखत सम्बन्धी कसूर अपराध गरेको सम्बन्धमा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी काठमाण्डौं जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको ब्यूरोले जनाएको छ ।












 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved