पार्टी प्यालेसमा विवाह गर्न सिडिओको अनुमति अनिवार्य, २५ जना भन्दा बढी सहभागी हुन नपाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 05:45:55 PM मा प्रकाशित

laxmi  sunrise bank

पार्टी प्यालेसमा विवाह गर्नु परेमा प्रमुख जिल्ला अधिकारीको अनुमति आवश्यक पर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले  पार्टी प्यालेसमा विवाह र ब्रतबन्धजस्ता कार्य गर्नु परेमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनु पर्ने निर्णय गरेको हो ।

बैठकले यी कार्यमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय पनि गरेको छ । मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरि सरकारले नयाँ आदेश जारी गरेको छ ।

नयाँ भेरियन्टको कोरोना संकम्रण बढ्दै गएकोले सरकारले जनस्वास्थ्यको मापदण्ड सहित नयाँ आदेश जारि गरेको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved