यातायात व्यवसायीले सरकारलाई बुझाए चाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 01:32:33 PM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवसायीहरुले आफ्ना सवारीको चाबी सरकारको जिम्मा लगाएका छन् । आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत व्यवसायीहरुले गाडीका चाबी सरकारलाई बुझाएका हुन् । 

सार्वजनिक यातायात केन्द्रीय महासंघका अनुसार माग पूरा गर्न यातायात व्यवस्था विभाग र सम्बन्धित मन्त्रालयले कुनै पहल नगरेको र आफूहरुका मागप्रति बेवास्ता गरिएको भन्दै आज चाबी बुझाईएको हो । 

‘हामीले राखेका सात बुँदे माग सम्बोधन नभएपछि चाबी बुझाउन बाध्य भयौँ’ एक जना व्यवसायीले भने ।

व्यवसायीहरुले बिहिबार चक्रपथमा सवारीको र्याली निकालेरै विरोध गरेका थिए । 

यस्ता छन् मागः

१) एउटै प्रदेश भित्र चल्ने गाडीहरुको भाडा समायोजन हुनुपर्ने

२) यातायात क्षेत्रमा रहेका व्यवसायी र मजदूरलाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने

३) यातायातको भाडा समायोजन गर्नुपर्ने 

४) कोभिड अवधिको बीमा वापतको रकम छुट हुनुपर्ने

५) सडक कानुन लागू गर्नुपर्ने 

६) कागजपत्र नविकरण र जरिवाना छुट गर्नुपर्ने 

७) ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने a

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved