कर्णालीका आधा भन्दा बढी घरधुरी विद्युतको पहुँच बाहिर, ३ जिल्ला प्रसारण लाइन बिहिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2021 | 03:56:47 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्णालीका ४३.८७ प्रतिशत घरधुरी मात्र विद्युत्को पहुँचमा पुगेका छन् । अझैँ पनि कर्णाली प्रदेशका ५६.१३ प्रतिशत घरधुरी विद्युत्को पहुँच बाहिर रहेका छन् । 

नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश कार्यालयका अनुसार कर्णाली प्रदेशको सबैभनदा बढी विद्युत्को पहुँच रुकुमपश्चिममा रहेको छ । यहाँका ७५.२ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । 

सल्यानमा ५२.८८ प्रतिशत, सुर्खेतमा ४८.१६ प्रतिशत, दैलेखमा ४८.७३ प्रतिशत, जाजरकोटमा १६.१५, डोल्पामा २१.९ प्रतिशत, जुम्लामा १९.३ प्रतिशत, कालिकोटमा ४३.५७ प्रतिशत, मुगुमा १९.६४ प्रतिशत र हुम्लामा २९.६९ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेका छ । 

तिन जिल्लामा अझैँ पुगेन राष्ट्रिय प्रसारण लाइन

कर्णालीका १० जिल्लामध्ये अझैँ पनि तीन जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । पछिल्लो समय कर्णालीका कालिकोट र जुम्ला राष्ट्रिय प्रसारण जोडिएका छन् । विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय कर्णाली प्रदेशका अनुसार सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम, कालिकोट र जुम्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । कर्णालीका मुगु, डोल्पा र हुम्लामा लाइन जोडिएको छैन । हुम्ला, मुगुु र डोल्पामा ३३–११ केभिए सबस्टेसन र ३३ केभिए लाइन निर्माणाधीन छ । 

तथ्यांकअनुसार हुुम्लामा पाँच सय किलोवाट, मुगुमा पाँच किलोवाट, कालिकोटमा चार सय किलोवाट, जुम्ला एवं डोल्पामा २÷२ सय किलोवाट र रुकुम पश्चिममा १२० किलोवाट विद्युत् उत्पादन भइरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved