दशैँका लागि असोज १० बाट बसको अग्रिम टिकट बुकिङ खुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2021 | 01:00:26 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको लागि असोज १० देखि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यावसायीबीच अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको हो ।

विभागले असोज दोस्रो सातादेखि सार्वजनिक सवारीमा दशैँको अग्रिम टिकट बुकिङ खुलाउन गरेको प्रस्तावमा व्यवसायीहरू सकारात्मक नभएपनि विभागले भने अनुसार नै अन्तिममा आएर व्यवसायीहरु असोज १० बाट अग्रिम टिकट बुकिङ खुलाउन सहमत भएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार सुरक्षित यात्राका लागि सहज होस् भनेर अग्रिम टिकट बुकिङ खुल्ला गरिएको बताए ।

लामो दूरीका सार्वजनिक यातायातको भाडा समायोजन भईसकेपनि छोटो दूरीका सवारीको भाडा पूरानै कायम रहेकाले व्यवसायीहरुले सरकारसँग छोटो दूरीका सार्वजनिक यातायातको भाडा पनि समायोजन गर्न माग गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved