न्यायाधीशहरुलाई नेम्वाङको सुझाव, ‘पदक अस्वीकार गर्नुहोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2021 | 01:22:56 PM मा प्रकाशित

laxmi  sunrise bank

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान दिवसकै दिन केपी ओली नेतृत्वको सरकार ढाल्न मुद्दा हाल्ने र परमादेश जारी गर्ने न्यायाधीशहरु विभुषित हुनुले गम्भीर आशंका पैदा गरेको बताएका छन् ।

संविधान दिवसका अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा नेता नेम्वाङले परमादेश जारी गरेर सरकारमा ल्याइदिएको गुन तिर्न शेर बहादुर देउवा नेतृत्वको सरकारले उनीहरुलाई पदक दिएको आरोप पनि लगाए ।

‘म सम्मानित न्यायाधीशज्यूहरूलाई यो पदक अश्वीकार गर्न सुझाव दिन्छु । यसले राम्रो सन्देश दिँदैन । केपी ओली र एमालेलाई सरकारबाट विस्थापित गर्न मुद्दा लगाउने नेता र परिवार, बहस गर्ने वकिल र फैसला गर्ने न्यायाधीशले पदक पाउनुले चितुवा कराउनु र सिँगारी हराउनु भन्ने उखान मेल खान्छ’ उनले भने ।

नेकपा एमाले विभाजन गर्न दिल्लीबाट भूमिका खेल्ने झलनाथ खनाल, माओवादी अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल र माधव नेपालका पिता स्वर्गीय मंगल उपाध्यायले पदक पाउँदा आफू खुसी भएको टिप्पणी गरे । तर, ओली सरकार र एमाले विरुद्द मुद्दा लगाउने, मुद्दा जिताउने र परमादेश जारी गर्नेहरू विभूषित हुनु संयोग मात्र हुन नसक्ने नेता नेम्वाङको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved