१ वर्षका योजना १ महिनामै सक्ने लक्ष्यमा छुः मन्त्री शाक्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2021 | 03:02:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. अजयक्रान्ति शाक्यले १ वर्षमा सम्पन्न गर्नुपर्ने ५० वटा योजना १ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् ।

नेकपा एमाले काठमाडौँ महानगर कमिटी वडा १२, २१ र २२ ले संयुक्त रुपमा उनको सम्मानमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले १ वर्षका लागि छुट्याईएका योजना १ महिनामै सक्ने लक्ष्यका साथ काम गरिरहेको बताएका हुन् ।

‘बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत १ वर्षमा सम्पन्न गर्नुपर्ने ५० वटा  योजना रहेछन्,’ मन्त्री शाक्यले भने, ‘ती कार्यक्रम १ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अहिले म दैनिक १२ घण्टा मन्त्रालयमा बसेर काम गरिरहेको छु ।’

मन्त्री शाक्यले आन्तरिक मामिला मन्त्रीको हैसियतमा आफूले जिम्मेवारी सम्हाल्ने वित्तिकै प्रदेशको शान्ति–सुरक्षाका सन्दर्भमा विशेष चासो राख्दै कार्यक्रमहरु अघि बढाएको पनि जानकारी गराए ।

मन्त्री शाक्यले बागमती प्रदेशका १३ जिल्लामध्ये १० ओटा जिल्ला मात्रै बागमती प्रहरी प्रदेशको मातहतमा रहेको भन्दै बागमतीका तीन जिल्ला पनि प्रदेश मातहतमै राख्न केन्द्र सरकारसँग आग्रह गरेका छन् ।

‘म बागमती प्रदेशको आन्तरिक मामिला मन्त्री भए पनि उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँको प्रहरी मेरो मन्त्रालयको मातहतमा छ्रैनन्,’ उहाँले भन्नुभयो,’ ‘नेपाल सरकारको ऐनमा भएको व्यवस्थालाई अध्यादेशमार्फत ल्याएको यो बाध्यात्मक व्यवस्थाले केही जटिलता पैदा भएको छ । त्यसलाई सहजीकरण गर्दै बागमती प्रदेशका यी तीन जिल्लाको प्रहरी पनि बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मातहतमा रहने व्यवस्था केन्द्र सरकारले छिटो गरोस् भन्ने आग्रह गर्न चाहन्छु ।’

कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्री शाक्य बौद्धिक व्यक्ति भएको भन्दै जति समय मन्त्रीका रुपमा रहेपनि उनीबाट राम्रो काम मात्रै हुने विश्वास व्यक्त गरे ।

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्द शाक्यले पनि शाक्य बागमती प्रदेशको मन्त्री बन्नु वडा–२१ बासीको मात्रै गौरव नभई बागमती प्रदेशका जनताले बौद्धिक व्यक्तित्व प्राप्त गरेको बताए । 

‘उहाँ बौद्धिक व्यक्ति हो,’ मेयर शाक्यले भने, ‘तपाईको क्षमता यहाँ प्रस्तुत गर्नुहोला शुभकामना ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved