भोलीको संसद बैठकमा एमसीसी टेबल गर्न प्रचण्ड–माधब सहमत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2022 | 04:42:58 PM मा प्रकाशित

laxmi  sunrise bank

माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी एमसीसी संसदमा टेबल गर्न सहमत भएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाकोको प्रयास र अमेरिकाको दबाबपछि गठबन्धन जोगाउने गरी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमसीसी सम्झौता संसदमा टेबल गर्न सहमत भएका हुन् । 

सत्ता गठबन्धनका एक नेताका अनुसार प्रचण्ड र माधव नेपाल एमसीसी संसदमा टेबल गर्न सहमत भएसँगै आइतबारको संसद बैठकमा एमसीसी टेबल हुनेछ । 

यसबारे अन्तिम निर्णय भने आइतबारको संसद बैठकअघि बस्ने सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गर्नेछ । 

शनिबार बसेको एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले पनि एमसीसी संसदमा टेबल गर्नुपर्ने निष्कर्ष निकालेको थियो । 

अमेरिकाले  १६ फागुन (२८ फेब्रुअरी) भित्र संसदबाट एमसीसी अनुमोदन नभए फिर्ता हुनसक्ने भन्दै बताउँदै आएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved