एमालेको माग पुरा गर्न प्रधानमन्त्री लचिलो, आजै साँझ फेरी छलफल हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2022 | 04:56:51 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच संसद्को गतिरोध अन्त्य र राजनीतिक निकासबारे छलफल भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भएको छलफलमा कांग्रेस र एमालेका अन्य नेताहरु पनि छफलमा सहभागी थिए। छलफलमा प्रधानमन्त्री देउवाले एमसीसीमा सघाउन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको कांग्रेस महामन्त्री गगन थापाले बताए  । एमालेले नै दर्ता गरेको प्रस्तावलाई कांग्रेसले प्रक्रियामा लगेर टुंगो लगाउन लागेकोले त्यसमा सहयोग गर्न आग्रह गरिएको उनले बताए  । यस विषयमा आजको वार्ता सकारात्मक रहेको र आज साँझ ७ बजे पुन: छलफल गरि बैठक स्थगित भएको महामन्त्री थापाले बताए  ।

महामन्त्री थापाले अहिलेको गठबन्धन अब अगाडी बढ्न नसक्ने निष्कर्षमा पुगिएको पनि बताए  । तर सत्ता समीकरणमा छलफल हुनु अगाडी अहिलेको छलफल भने संसदको अवरोध खुलाउने र एमसीसीलाई पारित गर्नेमा केन्द्रित रहेको बताए  ।

आज दिउँसो १ बजे बोलाइएको संसद् बैठक सूचना टाँस गरी स्थगित भए पछि सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेका हुन् । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्रीले प्रतिपक्षी दलसँग छलफल अघि बढाएका हुन् ।  प्रतिनिधिसभाको बैठक भोलि शुर्क्रबर १३ दिउँसो १ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न ओलीको साथ खोजेका छन् । ओलीले भने आफ्ना माग पुरा नभए सम्म कुनै पनि संसदीय प्रक्रियामा भाग नलिने अडान राख्दै आएका छन् । एमालेले सभामुखले राजिनामा दिनु पर्ने र आफ्ना पार्टीले कारवाही गरेका माधव नेपाल सहितका १४ जना सांसदहरुलाई संसद बैठकमा राखेर संसद चल्न दिन नसक्दै बताउदै आएको छ । एमालेले नेकपा एकिकृत समाजवादीका ति १४ जनालाई गैर सांसदको संज्ञा दिदै आएको छ । गैर सांसद राखेर संसद बैठक चल्न नसक्ने एमालेको अडान छ । 

देउवाले यस अघि पनि पटक पटक एमालेसँग संवाद गरेका थिए । यस्त परिस्थितिमा आज साँझ हुने छलफल भने निर्णायक हुने बताईएको छ । हालको सत्ता गठबन्धन भत्किने संकेत समेत नेताहरुले गरेका छन् । एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले  आज संसद भवनबाट बाहिरिने क्रममा गठबन्धन बन्नु र भत्किनु ठूलो कुरा नभएको बताएका थिए  । त्यस्तै एमाले सचिव योगेश भट्टराईले गठबन्धन रहेसम्म देशले निकास नपाउने बताएका थिए  । अहिलेको सत्ता गठबन्धन रहँदासम्म मुलुक अनिर्णयको बन्दी भइरहने भन्दै छिटो भत्किनुपर्ने भट्टराईको भनाई थियो। कांग्रेस नेताहरुले समेत सत्तामा बस्ने तर सरकारले ल्याएको प्रस्ताव पास नगर्ने हो भने सरकारमा बस्नुको औचित्य समाप्त हुने बताउदै आएका छन् । यिनै कारण सत्ता समीकरणमा फेरबदलको सम्भावना अधिक रहेको नेताहरु बताउछन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved