स्थानीय चुनावको लागि सरकारले जुटायो स्रोत, आयोगलाई ८ अर्ब ११ करोड बजेट सुनिश्चितता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2022 | 05:19:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्थानीय तहको निर्वाचनको लागि बजेट जुटाएको छ ।  स्थानीय तह निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि नेपाल सरकार, अर्थमन्त्रालयबाट रु. ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको निवार्चन आयोगले जनाएको छ।  

त्यस्तै स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र यी नामावलीहरु हाल अध्ययनको क्रममा रहेको आयोगले उल्लेख गरेको छ ।  

आयोगका अनुसार मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम, २०७८ अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटृा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाण सहित सफाईको मौका दिने जस्ता कृयाकलापहरु मिति २०७८।११।२० देखि ऐ. २६ गतेसम्म सञ्चालन हुनेछन् । यस प्रयोजनको लागि मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र आयोगको वेब साईटमा हेर्न सकिने आयोगले जनाएको छ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved