बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2022 | 06:01:47 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहको निर्वाचन कार्यका लागि नेपाली सेना परिचालन हुने भएको छ ।  राष्ट्रिय सुरक्षा परिषद्को २०७८/१२/१७ को सिफारिस, मन्त्रिपरिषद्को २०७८/१२/२४ को निर्णय तथा प्रधानमन्त्रीको मिति २०७८/१२/२४ को सिफारिस बमोजिम निर्वाचन कार्यका लागि नेपाली सेना परिचालन हुने भएको हो ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालनको लागि स्वीकृति प्रदान गरेकी हुन्  । उनले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम मिति २०७८/१२/२९ मा स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा  भनिएको छ 'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्वत् २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न “स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८” मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७८/१२/१७ को सिफारिस, मन्त्रिपरिषद्को मिति २०७८/१२/२४ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीज्यूको मिति २०७८/१२/२४ को सिफारिस बमोजिम सम्वत् २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम मिति २०७८/१२/२९ मा स्वीकृति प्रदान गर्नुभएको छ ।'

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved