सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, पोखरा कसले लिने भन्नेमा विवाद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2022 | 09:38:27 AM मा प्रकाशित

laxmi  sunrise bank

महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दै छ । सोमबार २ पटक बसेको बैठकले भागवण्डा मिलाउन नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । बैठक ११:३० मा बस्ने छ । 

हिजोको बैठकले पोखरा बाहेकका सबै महानगरको भागवण्डा टुंगो लगाएको छ । जस अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर पाउने तथा जसपाले वीरगञ्ज पाउने र माओवादी केन्द्रले भरतपुर पाउने सहमति भएको छ। पोखरामा भने कांग्रेस र एकिकृत समाजवादी दुवैले दाबी गरेको कारण पोखरामा सहमति हुन सकेको छैन ।  आफुले पनि एउटा महानगर पाउनु पर्ने एकिकृत समाजवादीको अडान छ भने कास्कीका नेताहरुले पोखरा छोड्न नसकिने बताउदै  आएका छन् ।  यसै विषयमा छलफल गर्न कांग्रेस सभापति शेर बहादुर देउवाले कास्कीका नेताहरुलाई काठमाडौँ बोलाएका छन् ।  

सत्ता गठबन्धनको बैठकले महानगर सहित उपमहानगरको पनि बाँडफाँडको टुंगो लगाउने छ । सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागवण्डा केन्द्रबाट नै गर्ने निर्णय गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved