‘एल निनो’ का कारण कमजोर मनसुनको आँकलन: उत्पादन घट्ने, उच्च महँगीको जोखिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2023 | 01:39:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा मन्त्रालयको भागवण्डाको समय चलिरहेको छ । बलिया, महत्वपूर्ण र मालदार मन्त्रालय कसको भागमा पार्ने भन्ने छलफलमा सरकार अल्झेको छ ।

तर छिमेकी मुलुक भारतलाई भने आगामी मनसुनमा पानी कम पर्ने भएकोले महँगीलाई लिएर चिन्ता छ । मौसम पूर्वानुमान गर्ने एजेन्सीहरुले सार्वजनिक गरेको प्रारम्भिक रिपोर्टलाई आधार मान्ने हो भने यस पटकको मनसुन कमजोर हुने छ। कतिपय स्थानमा खडेरीको सम्भावना समेत आउँन सक्ने आँकलन गरिएको छ । भारतीय अर्थतन्त्रको लागि मनुसुन निक्कै महत्वपूर्ण रहन्छ । मनसुनी वर्षा राम्रो भएको वर्ष भारतमा कृषिमा आधारित खाद्यान्नको उत्पादन राम्रो हुन्छ, र आर्थिक वृद्धिमा दरिलो टेवा पुग्छ । त्यसको ठिक उल्टो मनसुनी वर्ष कम हुँदा खाद्यान्नको उत्पादन कम भई खाद्यान्न अभाव हुने तथा मूल्य वृद्धि भई अत्यधिक महँगी बढ्ने हुन्छ । आर्थिक वृद्धिमा समेत असर गर्छ । त्यसको अवस्था आउँछ कि भन्ने चिन्ता भारतलाई परेको छ ।

 भारतको अर्थ मन्त्रालयले यसबारे आफ्नो जनवरी प्रतिवेदनमा उल्लेख गरिसकेको छ । मन्त्रालयले  सार्वजनिक गरेको प्रतिवेदनमा यदि एजेन्सीहरुले अनुमान गरे अनुसार मनसुन कमजोर रह्यो भने कृषिजन्य उत्पादन कम हुने र त्यसले गर्दा महँगी बढ्ने उल्लेख छ । 

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले पनि मनसुन कमजोर हुने विषयलाई आफ्नो प्रतिवेदनमा समावेश गर्दै साधारण अवस्था रहे महँगी दर ५ देखि ५.६ प्रतिशतबीच कायम रहने उल्लेख गरेको छ । तर यदि मनसुन कमजोर रहेमा महँगी दर सो भन्दा धेरै माथि जाने केन्द्रीय बैंकको प्रक्षेपण छ । भरतीय मौसम विज्ञान विभागका अनुसार भारतमा अहिले पनि मार्च महिनामा तापक्रम औसत भन्दा माथि रहेको छ । यसको असर गहुँ उत्पादनमा  परेको छ । यो वर्ष भरी नै भारतको तापक्रम औसतभन्दा बढी रहने प्रक्षेपण गरिएको छ । यसले कृषिजन्य उत्पादनमा ह्रास आउने भारतीय संचारमाध्यमहरुले उल्लेख गरिरहेका छन् । मनुसुन कमजोर भएमा र तापक्रम औसत भन्दा बढी रहेमा भारतीय अर्थतन्त्रको लागि आगामी केहि वर्ष कठिन हुने त्यहाँका नीतिनिर्माताले बताएका छन् । विशेषगरी महँगीलाई लिएर उनीहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

नेपालमा पनि प्रत्यक्ष असर 

यदि मनुसुन कमजोर भएमा त्यसको सिधा असर नेपालमा पनि पर्ने नै छ । भारत हुँदै नेपालमा मनसुन प्रवेश गर्ने गरेको छ । मनसुन कमजोर हुँदा नेपालमा धान उत्पादनमा सिधा असर पार्छ । धान उत्पादनमा असर पर्दा त्यसले आर्थिक वृद्धिमा असर पार्छ । नेपालमा पनि आर्थिक वृद्धिमा मनुसुनको ठूलो भूमिका छ । मनुसुन कमजोर हुने हुँदा नेपालमा पनि उत्पादन कम भई महँगी बढ्न सक्ने सम्भावना उत्तिकै छ । धान मात्र नभई सबै प्रकारका खाद्यान्न र तरकारीलाई यसले असर पार्ने देखिन्छ । 

नेपालले ठूलो मात्रामा तरकारी र खाद्यान्न भारतबाट आयात गर्छ । तर भारतमा पनि मनुसुन कमजोर भई उत्पादन कम हुने हुँदा उसले आफुलाई नै अपुग भएको  भन्दै नेपाललाई बिक्री नगर्न सक्छ । जुन यस वर्ष गहुँको हकमा देखिएको थियो । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा मैदा उद्योगहरु समस्यामा परेका थिए । मनुसुन कम हुँदा फेरी पनि नेपालले चाहेर पनि भारतबाट खाद्यान्न तथा तरकारी आयात गर्न नसक्ने अवस्था आउँन सक्छ । जसका कारण अन्य तेस्रो मुलुकबाट आयात गर्दा लागत बढ्न गई मूल्य थप बढ्ने देखिन्छ । वर्षा कम भई उत्पादन नै घट्ने र सो समस्या भारतमा पनि एकै साथ पर्ने भएकोले नेपालको लागि पनि २०८० साल कठिन हुने देखिन्छ । 

के छ मौसम सम्बन्धि एजेन्सीहरुको रिपोर्टमा ? 

मौसम पूर्वानुमान गर्न  एजेन्सीहरुले ‘एल निनो’ भन्ने मौसमी प्रणाली विकास भईरहेको बताएका छन् । प्रशान्त महासागरको पश्चिम भागमा समुद्री सतहको पानी तातेर हावाको न्यूनचापीय क्षेत्र तयार हुने अवस्थालाई एल निनो भनिन्छ । प्रशान्त महासागरमा हुने यस परिवर्तनको असर भने विश्वको हरेक ठाउँमा पर्ने मौसमविद बताउछन् । एल निनो हुने वर्षहरुमा सामान्यता बढी वर्षा हुने क्षेत्रमा न्यून वर्षा, वा खडेरी नै हुन सक्दछ भने खडेरी वा न्यून वर्षा हुने क्षेत्रमा भारि वर्षा र बाढीको सम्भावना रहन्छ । 

एल निनोले मनसुनी वर्षा गराउने प्रणालीलाई नै कमजोर पार्ने भएकोले विभिन्न एजेन्सीहरुले कम वर्षा वा कतिपय स्थानमा खडेरी कै चेतावनी दिएका हुन् । अमेरिकाको नेशनल ओसियानिक एण्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसनले एल निनोको सम्भावना ५५  देखि ६० प्रतिशत रहेको जनाएको छ । 

इम्के ग्लोबलले तयार पारेको एक रिपोर्ट अनुसार एल निनोको प्रभाव देखिएको १२ वटा मध्ये ९ वटा वर्षामा भारतमा खडेरीको समस्या देखिएको थियो । यस अघि सन् २०१४ र २०१९ मा एल निनोको प्रभाव देखिएको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved