मौद्रिक नीतिको समीक्षा सरकारले चाहेजस्तो छैन: अर्थमन्त्री महत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 06:54:41 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सरकारले चाहे जस्तो नभएको बताएका छन् । राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष ७९/८० को तेस्रो त्रैमासिक समीक्षा सरकारले चाहेजस्तो नभएको डा. महतले टिप्पणी गरेका हुन् ।

यद्यपि यो सकारात्मक भने रहेको उनले बताए ।

उनले भने 'हामीले अहिले लिनु पर्ने मौद्रिक नीतिबारे राष्ट्र बैंकलाई धेरै कुरा गरेका थियौ, आज केहि निर्णय आएको छ, तर चाहेको जस्तो छैन'। यद्यपि आज सार्वजनिक मौद्रिक नीति समीक्षा सकारात्मक रहेको उनले बताए । लगानीकर्तालाई चाहिने रकमको आवश्यकतातर्फ मौद्रिक नीतिको समीक्षाले पूर्ति गर्ने विश्वास उनले व्यक्त गरेका छन् । 

उनले सरकारको मूल लक्ष्य भनेकै अर्थतन्त्रलाई चलायमान बनाउनु रहेको ,र त्यसको लागि विभिन्न कानुनी अप्ठेरा तथा अवरोध हरु हटाउने तर्फ सरकार लागि परेको उनले बताए ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved