त्रिभुवन विमानस्थलबाट ठूलो परिणामको सुन समातियो, डिजी भन्छन् 'अपरेशन चल्दैछ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2023 | 10:07:52 PM मा प्रकाशित

laxmi  sunrise bank

राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ठूलो परिणामको सुन बरामद गरेको छ । बरामद गरिएको सुनको परिणाम हालसम्म कै ठूलो रहेको विभागको अनुमान रहेको छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाले ठूलो मात्रामा सुन बरामद गरिएको पुष्टि गरे । उनले बरामद गरिएको सुन जोख्ने क्रम मै रहेकोले अहिले नै कति किलो छ भन्न नसकिने र अप्रेशन जारी रहेको बताए।

 लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो ।अध्यागमन र प्रहरीबाटसमेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो  

कसरी, र कसले सुन ल्यायो भन्नेबारे अनुसन्धान जारी रहेको विभागले जनाएको छ । विभागले शंकास्पद केही व्यक्तिलाई नियन्त्रणमा पनि लिएको छ  


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved