दिपक मल्होत्राले भने 'गिरोह जोगाउन मलाई डामियो, सुनमा मेरो संलग्नता छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2023 | 01:27:42 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसायी दिपक मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । उनले आज पत्रकार सम्मलेन गरेर बुधबार बरामद भएको सुनमा आफ्नो, आफ्नो परिवार र आफ्नो नातेदारको कुनै संलग्नता नरहेको बताएका हुन्

उनले नयाँ पत्रिका दैनिकले भ्रामक र कपोकल्पित समाचार लेखेको बताए । उनले  आफ्नो भनाई समेत नराखी नाम र फोटो प्रकाशन गरेकोले नयाँ पत्रिका दैनिकले माफी माग्नु पर्ने बताए । माफी माग्दै समाचारको खण्डन नगरे आफुले कानुनी उपचार खोज्ने उनले बताएका छन् 

उनले वर्षौ लगाएर आर्जन गरेको प्रतिष्ठा निमिट्यान्न बनाउने गरी प्रहार भएको बताएका छन् । उनले आफ्नो सम्पूर्ण कारोबार व्यवसाय सरकारी कानुन अनुसार रहेको , आफ्नो सम्पूर्ण कर विवरण समबन्धित निकायमा पेश गरेको, र सबै विवरण पारदर्शी रहेको बताए । उनले कुनै पनि अवैध तथा गैर कानुनी धन्दामा संलग्न नरहेको उनले बताए । उनले आरोप पुष्टि भए सजाय भोग्न तयार रहेको बताए  । उनले आफु २५ वर्षदेखि भन्सार कार्यालय नगएको बताए । आफुले ल्याउने मोबाइल एजेण्टले नै ल्याउने गरेको र भन्सारको कोहि कमर्चारी नचिन्ने बताए । 

उनले सुन ल्याएको गिरोहलाई जोगाउन आफुलाई मुछेको हुन सक्ने आफ्नो अनुमान रहेको उनले उल्लेख गरे । दिपक मल्होत्राले आफु नेपाल चेम्बर अफ कमर्शको उपाध्यक्ष समेत रहेकोले प्रधानमन्त्री तथा अन्य राजनीतिक नेतृत्वसँग काम विशेषको सिलसिलामामा भेटघाट हुनु स्वभाविक रहेको बताए ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved