
बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बरामद भएको सुन जोख्नको लागि राष्ट्र बैंकमा पठाईएको छ । राष्ट्र बैंकको बबरमहल स्थित टक्सार महाशाखामा सुन जोख्नको लागि लगिएको हो ।
राजस्व अनुसन्धान विभागले बुधबार सुन बरामद गरेको हो। बरामद गरिएको सुन ८० देखि १०० किलोसम्म भएको अनुमान गरिएको छ।
विभागले यस प्रकरणमा अप्रेशन जारी राखेको छ । सुन तस्करीमा संलग्न भएको आरोपमा हालसम्म एजेण्ट सहित ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले हालसम्म ६ जनालाई पक्राउ गरेको हो ।
बुधबार विमानस्थलबाट झन्डै एक क्विन्टल सुन समातिएको थियो। विशेष सूचनाको आधारमा उक्त परिमाणको सुन राजश्व अनुसन्धान बिभागले बरामद गरेको हो। अझै थप सुन विमानस्थल भित्र रहेको विभागको आशंका रहेको छ। भन्सार परिसरमा अझै पनि गाडीका पार्टपुर्जा र उस्तै प्रकृतिका सामान रहेकाले विभागले ति सामानको परीक्षण गरिरहेको छ।
लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो । बाइक र स्कुटीको पातपुर्जा भित्र सुन लुकाएर ल्याईएको बबताईएको छ। अध्यागमन र प्रहरीबाटसमेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो । कसरी, र कसले सुन ल्यायो भन्नेबारे अनुसन्धान जारी रहेको विभागले जनाएको छ ।