चाबहिलमा जुत्ता चप्पल मेला सुरु: ३० ब्राण्ड सहभागी, कारखाना मूल्य मै बिक्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2024 | 04:33:23 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबारदेखि 'प्रथम चावाहिल जुत्ता चप्पल व्यापर मेला २०८०' शुभारम्भ भएको छ। नेपाली उद्योगीहरुको पहलमा देशका विभिन्न क्षेत्रमा मेला प्रर्दशनीबाट नेपाली उत्पादनहरु ग्राहक सम्म परिचित गराउने क्रममा चावाहिलमा मेला सुरु भएको हो।

यो मेला फागुन १८ गतेसम्म चल्ने छ ।  मेलामा बिहे तथा जाडोलाई लक्षित गरेर महिला, बालबालिका, पुरुष, जेष्ठ नागरिक लगायत सबै उमेर समुहको लागि हुने जुत्ता प्रदर्शनीमा रहेको आयोजकले जनाएको छ। आयोजकका अनुसार  १४ कम्पनिका ३० ब्राण्डका जुत्ता एकै एउटै छानामुनि उपलब्ध छन् । ३००० भन्दा धेरै भेराइटि सहित १५% देखी ५०% सम्म छुटमा कारखानाकै मुल्यमा उपभोक्तालाई जुत्ता बिक्री गरिने आयोजकले जनाएको छ।  मेलामा करीब पाँच करोड रुपैया बाराबरको ३० देखि ३५ हजार जोडी जुत्ता चप्पल करोबार गरिने अपेक्षा रहेको छ।

मेलामा सुरभी पोलिमर्स,  पबित्र शु इण्डस्टिज प्रालि, फुट फेशन, बोस शुज क्लेक्सन, वेलकम शु, फूटमाण्डु, नमस्ते फूटवयर प्रा लि, शुबोध एण्ड सुस्मिता टेडस्, बज्र फूटवयर इण्डष्ट्रिज, रन शुज इण्डष्ट्रिज प्रालि, शिखर शुज इण्डष्ट्रिज, परागन फुटवयर इण्डष्ट्रिज प्रालि , र नियशा शुज इण्डष्ट्रिज प्रालि कम्पनी सहभागी छन् । मेलामा हाइ लाइफ, शुल्याण्ड,  बेलि, बोस शुज,  आइडल, भेनस, सिल्स, हिमानी, वन वर्ल्ड, कोसेली, रन शुज, शिखर शुज, पिजी शुज, व्याम्बो शुज लगायतका ब्राण्ड उपलब्ध छन् । 





Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved