जेसिबीको एक्सक्लुसिभ रिटेलर भक्तपुरमा पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 05:37:08 PM मा प्रकाशित

laxmi  sunrise bank

जेसबीको एक्सक्लुसिभ रिटेलर भक्तपुरमा सञ्चालन भएको छ । कम्पनीले सोमबारदेखि भक्तपुरमा रिटेलर सञ्चालन गरेको हो । 

एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरले आफ्नो एक्सक्लुसिभ रिटेलर भक्तपुर अटो पार्ट्स, भक्तपुरमा सञ्चालनमा ल्याएको जनाइएको छ  ।

एमएडब्लु अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो । 

कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरु मार्फत देशभर बिक्री वितरण गर्दै आएको उल्लेख गरेको छ । 

उक्त रिटेलरको उद्घाटन एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका बिजनेस हेड रोशन कुमार श्रेष्ठ, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका सेल्स हेड प्रविन अधिकारी, भक्तपुर अटो पार्ट्सका प्रबन्ध निर्देशक रामेश्वर खाताखोे तथा भक्तपुरका स्थानीय ग्राहकमार्फत संयुक्त रुपमा गरेका हुन् ।  

यसको शुरुवात सँगै अब भक्तपुरका ग्राहकहरुले भक्तपुर अटो पार्ट्स मार्फत सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउने कम्पनीले जनाएको छ ।

“जेसिबी मेशिनहरुलाई बिगार्ने, काम चलाउ नक्कली पार्टसको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर “जेसिबीलाई जेसिबी मात्र” भन्ने नाराका साथ एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरको शुरुवात हामीले गरेका हौं र हामीले शुरुवातदेखि नै ग्राहकवर्गबाट एकदम उत्कृष्ट प्रतिक्रिया पाइरहेका छौं,” कम्पनीका प्रतिनिधिले भने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved