६० लाख नेपाली अझै गरिब, सबैभन्दा धेरै गरिब पूर्व प्रधानमन्त्री देउवाको प्रदेशमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 06:11:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको कुल जनसंख्यामध्ये ६० लाख नेपाली अझै पनि गरिब रहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण (चौथो २०७८/८०) अनुसार कुल जनसंख्याको २०.२७ प्रतिशत नेपाली अझै गरिब रहेको देखाएको हो ।

सर्वेक्षणले शहरमा ७ प्रतिशत र गाउँमा ४० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको तथ्य सार्वजनिक गरेको हो । सर्वेक्षणले शहरमा वार्षिक २ लाख ६३ हजार र गाउँमा वार्षिक ७१ हजार खर्च गर्न नसक्ने नेपालीलाई गरिब भनेको छ । 

तथ्यांक कार्यालयका उप प्रमुख तथ्यांक अधिकारी डा हेमराज रेग्मीका अनुसार १२ वर्ष अगाडी २५.२० प्रतिशत नेपाली गरिबीको रेखा मुनि थिए । अहिले गरिबीको रेखा मुनि रहेका नागरिकको संख्या करिब ५ प्रतिशतले घटेको हो ।

तथ्यांक कार्यालयका अनुसार सबैभन्दा बढी गरिब जनसंख्या सुदूरपश्चिममा छन् । सुदूरपश्चिम प्रदेशमा गरिबीको दर ३४.१६ प्रतिशत छ । सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेसका सभापति तथा पटक पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाको स्थायी घर भएको प्रदेश हो । देउवा डडेलधुराबाट पटक पटक निर्वाचित भएर ५ पटक प्रधानमन्त्री भइसकेका छन् ।

सुदूरपश्चिमपछि कर्णाली प्रदेश दोस्रो नम्बरमा छ । कर्णालीमा २६.६९ प्रतिशत जनसंख्या गरिबीको रेखा मुनि छन् । 

सबैभन्दा कम गरिब जनसंख्या गण्डकी प्रदेशमा छन् । गण्डकीमा ११.८८ प्रतिशत मानिस गरिब रहेको तथ्यांकले देखाएको छ । लुम्बिनीमा २४.३५ प्रतिशत, मधेश प्रदेशमा २२.५३ प्रतिशत, कोशी प्रदेशमा १७.१९ प्रतिशत र बागमती प्रदेशमा १२.५९ प्रतिशत गरिबीको दर छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved