ग्लोबल आइएमई क्यापिटलको काउण्टर बिहान ८ बजेदेखि खुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 06:40:48 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई क्यापिटलले प्रभातकालिन काउण्टर सञ्चालन गर्ने भएको छ । कम्पनीले फागुन १ गतेदेखि विहान ८ वजेदेखि काउण्टर सञ्चालन गर्ने जनाएको छ । 

सार्वजनिक विदार शनिबारका दिन भने उक्त काउण्टर सञ्चालन नहुने कम्पनीले स्पष्ट पारेको छ । 

उक्त समयमा हितग्राही खाता र मेरो शेयर खाता खोल्ने तथा नविकरण गर्ने, हितग्राही खाता तथा मेरो शेयरसँग सम्बन्धित विवरण अद्यवाधिक गर्ने सुविधा पाउन सकिने कम्पनीले जनाएको छ ।

यसैगरी, आफ्नो नाउँमा रहेको विभिन्न सूचीकृत कम्पनीहरुकोे भौतिक शेयर अभौतिकिकरण गरी डिम्याट खातामा जम्मा गर्ने, शेयर धितो रोक्का÷फुकुवा गर्ने लगायतका सम्पूर्ण कार्य तथा यस कम्पनीले प्रदान गर्ने अन्य सेवा सुविधा सम्बन्धि आवश्यक जानकारी समेत प्राप्त गर्न सकिने व्यहोरा समेत कम्पनीले उल्लेख गरको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved