३ मन्त्री सामेल ललिता निवास जग्गा हिनामिना मुद्दामा अदालतले बिहिबार फैसला दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2024 | 07:01:04 PM मा प्रकाशित

laxmi  sunrise bank

बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना मुद्दामा विशेष अदालतले बिहिबार फैसला सुनाउने भएको छ । अदालतले आज फैसला सुनाउने तयारी गरेपनि आज अबेर भएपछि आजलाई मुद्दा हेर्दा हेर्दैमा राखेर बिहिबार फैसला गर्ने तयारी अदालतले गरेको हो ।

विशेष अदालतका प्रवक्ता उपरजिष्ट्रार धनबहादुर कार्कीले बिहीबार फैसला हुने जानकारी दिए । यस मुद्दामा विगत २२ दिनदेखि निरन्तर सुनुवाई हुँदै आएको छ। 

ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना गरेको भन्दै अख्तियारले २०७६ माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यस मुद्दामा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ मन्त्रीलाई विपक्षी बनाईएको छ । आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी पूर्व सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी सहित ११० जनालाई बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved