खर्च कटौती गरिएको होइन, प्रधानमन्त्रीसँग खटपट छैन : अर्थमन्त्री महत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2024 | 10:50:53 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्री डा. प्रकाश शरण महतले बजेटको अर्ध वार्षिक समीक्षा मार्फत  खर्च कटौती नगरेको स्पष्ट पारेका छन् । आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ऐनको अवस्था बमोजिम अर्थ वार्षिक समीक्षा मात्र गरिएको तर खर्च कटौती भने नगरिएको उनले बताए ।

संसदले पारित गरेको बजेट कटौती गर्न नमिल्ने उनले बताए । उनले अर्थ मन्त्रालयको चाहना राजस्व बढोस् , खर्च बढोस् भन्ने नै रहेको प्रष्ट पारे ।

बजेटमा गरिएका अनुमान नमिलेको सदर्भमा सुरुमा प्रस्ताव गरेको र समीक्षा मार्फत गरिने अनुमानमा हुने अन्तर घटोस् भन्ने चाहेको र त्यसमा प्रगति भईरहेको उनले बताए । उनले स्रोतको अभावमा विभिन्न दायित्व पुरा गर्न कठिन भईरहेको बताए । आम्दानीको आधारमा नै स्रोत सुनिश्चित गर्ने भएकोले मन्त्रालयले आम्दानी अनुसार प्राथमिकताको आधारमा स्रोत सुनिश्चित गर्ने बताए । उनले प्रधानमन्त्रसँग कुनै खटपट नभएको भन्दै समाचारमा आएका विषय भ्रामक रहेको प्रष्ट पारे ।

आउने बजेटमा अनौपचारिक अर्थतन्त्रलाई घटाउने योजना आउँने पनि उनले बताए। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved