अबको बजेटमा अनौपचारिक अर्थतन्त्रको आकार घटाउने योजना आउँछ: अर्थमन्त्री महत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2024 | 10:58:15 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेटको लागि राष्ट्रिय योजना आयोगले १८ खर्बको सिलिङ दिएको बताएका छन्। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आयोगबाट १८ खर्बको सिलिङ आएको बताएका हुन् 

बजेट सिलिङको बारे अर्थ मन्त्रालयले फरक मत राख्यो भन्ने समाचार गलत भएको बताए । उनले बजेट सिलिङका विषयमा स्वस्थ छलफल समेत भईरहेको प्रष्ट पारे 

त्यस्तै उनले अनौपच्रिक अर्थतन्त्रको आकार ठूलो रहेकोले आगामी बजेट मार्फत अनौपचारिक अर्थतन्त्रको आकार घटाउने योजना ल्याउने बताए। अनौपचारिक अर्थतन्त्रलाई पनि करको दायरामा ल्याउनको लागि मन्त्रालयले समिति नै गठन गरेर गृहकार्य गरिरहेको उनले जानकारी दिए । समितिको प्रतिवेदन अनुसार आगामी बजेटमा अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याएर करको दायरा फराकिलो पारिने र राजस्व वृद्धि गरिने उनले उल्लेख गरे

उनले  ऐनको अवस्था बमोजिम अर्थ वार्षिक समीक्षा मात्र गरिएको तर खर्च कटौती भने नगरिएको पनि स्पष्ट पारे । संसदले पारित गरेको बजेट कटौती गर्न नमिल्ने उनले बताए । उनले अर्थ मन्त्रालयको चाहना राजस्व बढोस् , खर्च बढोस् भन्ने नै रहेको प्रष्ट पारे ।

बजेटमा गरिएका अनुमान नमिलेको सदर्भमा सुरुमा प्रस्ताव गरेको र समीक्षा मार्फत गरिने अनुमानमा हुने अन्तर घटोस् भन्ने चाहेको र त्यसमा प्रगति भईरहेको उनले बताए । उनले स्रोतको अभावमा विभिन्न दायित्व पुरा गर्न कठिन भईरहेको बताए । आम्दानीको आधारमा नै स्रोत सुनिश्चित गर्ने भएकोले मन्त्रालयले आम्दानी अनुसार प्राथमिकताको आधारमा स्रोत सुनिश्चित गर्ने बताए । उनले प्रधानमन्त्रसँग कुनै खटपट नभएको भन्दै समाचारमा आएका विषय भ्रामक रहेको प्रष्ट पारे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved