आज संसद बैठक बस्दै: प्रधानमन्त्रीसँग प्रश्नोत्तरदेखि अध्यादेश पारित गर्ने कार्यसूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2024 | 10:08:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार प्रतिनिधिसभा बैठक बस्दै छ। बैठक बिहान ११ बजेको लागि बोलाईएको छ ।

आजको बैठकको लागि प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम गर्ने, अध्यादेश पारित गर्ने, विधयेक पेश गर्ने लगायतका कार्यसूची तय भएका छन् ।

यस्ता छन् आजको बैठकको कार्यसूची 


१. सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने ।

२. प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सदस्यहरुले सोधेको प्रश्नको जवाफ दिने ।

३. राष्ट्रिय सभामा उत्पत्ति भएको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०" का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने।

४. राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय सभामा उत्पत्ति भएको “अनुगमन तथा मूल्याङ्कन विधेयक सम्बन्धी प्रतिवेदन, २०८०" पेश गर्ने।

५.  प्रेम सुवालले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस्' भनी राख्नुभएको प्रस्तवालाई निर्णयार्थ प्रस्तुत गर्ने।

६. अर्थ मन्त्री डा० प्रकाश शरण महतले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०" लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने।

७. अर्थ मन्त्री डा० प्रकाश शरण महतले "बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथी विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved