७ महिनामा ११ लाख २६ हजार वटा स्मार्टफोन आयात, कुन देशबाट कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2024 | 02:15:43 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ७ महिनामा ११ लाख २६ हजार ७४७ वटा स्मार्टफोन आयात भएको छ । यो अवधिमा १७ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ बराबरको स्माटफोन आयात भएको भन्सार विभागले जनाएको छ । 

विभागका अनुसार ५८ देशबाट नेपालमा स्मार्टफोन आयात हुन्छ । जसमध्ये सबैभन्दा धेरै चिनबाट स्मार्टफोन नेपाल आयात हुन्छ । 

यो ७ महिनामा चिनबाट ८ लाख १४ हजार ८७० वटा स्मार्टफोन नेपाल भित्रिएका छन्। यसैगरी भारतबाट ३ लाख ८ हजार ४५२, अमेरिकाबाट ५८०, जापानबाट ५६४ र भियतनामबाट ४७५ वटा स्मार्टफोन नेपाल आयात भएका छन् । यसैगरी, यूएईबाट ३८०, दक्षिण कोरियाबाट २७५, अष्ट्रेलियाबाट २३३ र कतारबाट १९२ वटा फोन आयात भएको हो । 

हेर्नुस् कुन देशबाट कति स्मार्टफोन आयात ?



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved