शुक्रबार थानकोटबाट पैदल हिडेर सिंहदरबार घेर्ने मिटरब्याज पीडितको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2024 | 05:49:59 PM मा प्रकाशित

laxmi  sunrise bank

मिटरब्याजका कारण पीडित बनेकाहरुको समुहले शुक्रबार सिंहदरबार घेराउ गर्ने भएको छ।  मौसमको कारण आजको कार्यक्रम स्थगित गरिएको र शुक्रबार बिहानै सिंहदरबार जाने मिटर ब्याज पीडित तथा ठगिविरुद्द किसान मजदुर संघर्ष समितिले जनाएको छ । 

समितिका प्रवक्ता निर्ग नवीनका अनुसार माैसमका कारणले मिटरब्याज विरुद्ध न्याय मार्चकाे आजको कार्यक्रम स्थगन गरिएको हो। अब शुक्रबार बिहान ८ बजे थानकोट स्थित त्रिभुवन पार्कबाट पैदलमार्च गर्दै कलंकी, कालिमाटी, त्रिपुरेश्वर हुँदै सिंहदरबार जाने कार्यक्रम रहेको उनले जानकारी दिए | हाल उनीहरु थानकोटको त्रिभुवन पार्कमा छन् । 

मिटरब्याज पीडितहरुको ठूलो समूह बुधबार बेलुका काठमाण्डौ आइपुगेको हो।  'न्यायको लागि मार्च' भन्दै  काकडभित्ता र गड्डाचौकी नाकाबाट १६ माघमा सुरु भएको मिटरब्याज पीडितको यो मार्च २३ दिनको दिन काठमाण्डौ आइपुगेको हो। 

  माग सम्बोधन नभएसम्म पीडितहरु घर नफर्कने उनले प्रवक्ता निर्ग नवीनले बताए। सरकारले मिटरब्याजपीडित जाँचबुझ आयोग बनाए पनि अझै ३० हजार पीडितको समस्या नसुल्झिँदा आफूहरू न्यायका लागि यात्रा गरिरहेको मिटरब्याजपीडित तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए । न्याय खोज्न हिँडेका पीडितहरू तराईका २० र भित्री मधेशका आठ गरी २८ जिल्लाका छन् । मिटरब्याजी साहुकार र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं आएको उनले बताए। 

मिटरब्याजपीडितहरू सार्वजनिक स्थलमा वास बस्ने, खाना पकाएर खाने गर्दै निकै सकसपूर्ण रूपमा काठमान्डौ आइपुगेका हुन्।  राजधानी काठमाडौंमा केन्द्रित भएर आन्दोलन गर्न मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नेतृत्वमा दुई टोली १६ माघमा हिँडेका थिए । 

मिटरब्याज लिँदा साहुले अधिकांश पीडितको घरजग्गा दृष्टिबन्धक राखेर कब्जा गरेको पीडितको गुनासो छ । मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरू अवैध घोषणा गर्दै जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने संघर्ष समितिले माग राखेको छ । त्यस्तै, मिटरब्याज अपराधसम्बन्धी शक्तिशाली कानुन निर्माण गरी पूर्णाधिकारसहितको अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने माग समितिको छ । 

यसअघि १५ दिनमा काठमाडौं पुगेर निर्णायक आन्दोलन गर्ने भनिए पनि सरकारले आयोग बनाएर त्यसलाई कम्जोर बनाइदिएको भन्दै अन्तिम लडाई भन्दै मिटरब्याज पिडित काठमान्डौ आइपुगेका हुन्। त्यतिखेर सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजपीडित जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले हालै मात्र प्रतिवेदन बुझाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved