आज संसद बैठक बस्दै, बैकिङ्ग कसूर विधेयक समितिमा पठाउने कार्यसूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2024 | 09:40:11 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेको लागि बोलाइएको छ ।

बैठकमा विभिन्न विधेयकबारे समितिको प्रतिवेदन पेश गर्ने, विधेयकको व्यवस्थापन कार्य गर्ने, लगायतको प्रस्ताव पेश हुने छ । आजको बैठकमा बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश हुने छ।

हेर्नुस् आजको बैठकका कार्यसूची:

१. सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने ।

२. कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका माननीय सभापति डा० आरजु राणाले राष्ट्रिय सभामा उत्पत्ति भएको "खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०" पेश गर्ने।
 
३.  सभामुखले सांसद प्रेम सुवालले "राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०" लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने।

४.  उपप्रधानमन्त्री एवं गृह मन्त्री  नारायणकाजी श्रेष्ठले "राजनीतिक दल सम्बन्ध (दोस्रो संशोधन) विधेयक, २०८०" प्रस्तुत गर्ने।

५. अर्थ मन्त्री डा० प्रकाशशरण महतले "भन्सार विधेयक, २०८० माथि विचार गरियोस्" भनी प्रस्ताव प्रस्तुत गर्ने।

६. अर्थ मन्त्री डा० प्रकाशशरण महतले "बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्" भनी प्रस्ताव प्रस्तुत गर्ने। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved